नेपाली १७ वर्षीया युवती भारतमा बेपत्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । कैलालीस्थित धनगढीकी एक युवती भारतमा बेपत्ता भएकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा (सी गाउँ) की १७ वर्षीया सुरन शाही भारतमा बेपत्ता भएकी हुन्।

उनी असोज ५ गते धनगढीबाट भारतको राजधानी दिल्ली गएकी थिइन। भारतको दिल्लीस्थित मोतिनगर सुदामापुरी गल्लि तम्बर ५८, घर नम्बर १र१३१ बाट उनी बेपत्ता भएकी हुन्। उनको परिवार स्रोतका अनुसार रातिको समयमा शौचालयका लागि बाहिर निस्किएकी शाही बेपत्ता भएकी छन्। उनी असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्।

ADVERTISEMENT

परिवारका सदस्यले उनको खोजीका लागि दिल्लीका गल्ली–गल्लीमा पोस्टर लगाएका छन्। उनीहरूले भारतीय प्रहरीलाई समेत खबर गरेका छन्। उनलाई फेला पार्नेले ललित शाहीको फोन नम्बर ९७६२२९३२३१ मा सम्पर्क गर्न आफन्तले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज