लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन दिँदैन : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 11 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिनुभएको छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसीर ७ गते काठमाडौंमा हुन गईरहेको प्रर्दशनप्रति संकेत गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउनेहरुलाई एमालेले तह लगाउने समेत बताउनु भयो । पार्टीको जनसंगठन संयन्त्रले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडकासाथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरु कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले देशलाई अपm्ठ्यारोबाट मुक्त गराउनेगरी सरकारलाई सच्याउनका लागि आफूहरुले पनि मंसीर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको बताउनु भयो । उहाँले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरुलाई निर्देशन दिनुभयो । ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरुले सो प्रदर्शनीको आह्वान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘७ गते हामी अलिकति थोरै के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठयारो छ । बिग्रदो छ । त्यसलाई रोक्ने दिशामा नेकपा एमाले अगाडि बढछ अव । अर्को कुरा, अहिले भईरहेको बेथितिलाई, कुशासनलाई, भ्रष्टाचारलाई, तस्करीलाई यही कुरालाई चुपचाप हेरेर बसिरहन सक्दैनौं । हामी सरकारको हनिमुन डेस भन्छ– सय दिन । धेरै वटा दिनहरु हे¥यौं, पर्खियौ । सुझाव दियौ, पार्लियामेन्टमा बोल्यौं । मैले विपक्ष दलको नेताको हैसियतले पार्लियामेन्टमा बोलेको छु । अरु ठाउँमा बोलेको छु । तर, सरकारले सप्रने खालको कुनै लक्षण देखिएको छैन । यसर्थ, हामी साधारणतयाँ भन्ने हो भने या त सरकार तत्काल सच्चिनु प¥यो । अघि महासचिव कमरेडले राखि सक्नुभएको छ । प्रधानमन्त्रीले बोलाउन भएको १२ बुँदे सहमतिका नजिक रहेका दलहरुको बैठकमा त्यतिबेला पनि मैले भनेको थिए–बेथिति आदिकुरा प्रधानमन्त्रीले स्वीकार्नु भयो । देशको अपm्ठ्यारो परिस्थितिको बारेमा स्वीकार गर्नुभयो । तर, यसका लागि के गर्ने भन्ने कुरामा केही बोल्नु भएन । मैले भने यसको कारण के हो भन्ने बुझ्नुप¥यो नि पहिले । कारण त तपाईहरु हो । कारण त सरकार हो । कारण त यो गठबन्धन र यसको सरकार हो । यसका क्रियाकलाप हुन् । यसको लिएका गलत नीति हुन । यसले अप्नाएको गलत आचरण हो । यी कुरा हुन । त्यसकारण यहाँ समाधान नखोजीकन अनि समाधान हामी कहाँ खोज्छौ ? त्यसको जिम्मेवार हामीले कसलाई बनाउने ? त्यसकारण समाधान यहाँ खोज्नु पर्छ । हामीले सात गते एउटा संकेत गर्न खोजेका हौं । ७ गते म सुन्दैछु–एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोड्तोड्ले लागेका छन देशभरबाट । व्यक्ति वा मानिसहरु उतार्नका लागि । काठमाडौंमा मानिसहरु उतार्नका लागि उनीहरु लागेका छन् । ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, तिनले काठमाडौं फोहोर गर्ने मात्रै हुन् । अरु केही हुनेवाला छैन । हामी मान्छे ओसारेर होइन, यही भएका युवा, विद्यार्थी र त्यसको पृष्ठ भागमा युवा, विद्यार्थी एक्लै छैनन् त्यहाँ संरक्षक संस्थाहरु पनि छन भन्ने कुरा म सरकार र अरु प्रकारका सबै दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरुलाई भन्न चाहन्छु । यो हामीले थोरै संकेत मात्रै गर्न खोजेको हो । अहिले यो संकेत नेकपा एमाले हामीले हतियारको राजनीति गर्दैनौं, हिंसाको राजनीति गर्दैनौं । शान्तिपूर्ण राजनीति भनेको प्रदर्शन हो । र, प्रदर्शन लगायतका कुरा हुन् । श्रीलंकाको भन्दा बढ्दा गर्छौं भनेको पनि कताकता सुनियो । नेकपा एमाले यस देशमा नभएको भए धेरै चिज बढ्दा गर्थे होला । तर यहाँ नेकपा एमाले छ । यहाँ जनता छन । जनताको प्रतिनिधित्व गर्ने शक्ति छन् । देशको सबैभन्दा लोकप्रिय शक्ति छ । र, समृद्ध नेपालः सुखी नेपाली बनाई छोडने संकल्प बोकेर हिँडेको शक्ति छ । यो लोकतान्त्रिक गणतन्त्र अरुले ल्याइदिएको मंचमा गएर हामी नाँचेको होइन । यो धेरै ठूलो बलिदानबाट ल्याइएको व्यवस्था हो । त्यसकारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंलो ठड्याउने काम कतैबाट नहोस भनेर म चेतावनीका भाषा बोल्न चाहन्छु । लोकतन्त्रको विरुद्ध लडने कुरा त छोडिदिउ । लोकतन्त्रको विरुद्ध औंलो ठड्यायो भने त्यो औंलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण ढंगले झाछौं हामी, झारि दिन्छौं । त्यो कुरा सबैले बुझ्नुपर्छ । ’

ADVERTISEMENT

ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाउनु पनि लगाउनु भयो । राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो । उहाँले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताउनु भयो । संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाई थियो । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति जाजरकोट किन जानु भएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नु भएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नु भएकै थियो । कति के भयो भन्नु सुन्नु भएकै थियो । त्यो भन्दा अगाडि नै खबर आईसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाईएन भन्ने आएकै थियो । उहाँ अस्पतालमा विरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरु उहाँहरुलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने । बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर काँग्रेस भएर किन जानु प¥यो राष्ट्रपतिज्यु ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन । त्यहाँ काँग्रेस छुट्यो भनेर जानुभयो । म यो किन भन्दैछु भनेर राष्ट्रपतिज्युले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला काँग्रेस भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो । काँग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला । उहाँको निष्पक्षताको त कुरे नगरौं । उहाँको सम्बन्धमा थुप्रै कुराहरु आईसकेका छन । एक वर्ष पुग्नु भन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाई सक्नु भएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलव छैन । शुरुदेखि नै अथवा संविधान अनुसार सरकार चल्नुपर्ने, संविधान अनुसार देश चल्नुपर्ने, संविधान अनुसार राष्ट्रपति चल्नुपर्ने, संविधान अनुसार प्रधानमन्त्री चल्नुपर्ने, संविधान अनुसार राज्यका निकायहरु चल्नुपर्ने । तर, संविधान सिध्याउने कुरामा उहाँहरु लाग्नुभएको छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज