काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवारबाट रुपन्देहीमा शुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव-२०८० को उद्घाटन समारोहमा बोल्दै उहाँले संघीय संसद गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गर्नुभयो ।
सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढदै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिनुभयो । वरिपरी जनतालाई गरिवी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उहाँले विगतमा जे भएपनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताउनु भयो । सांसद भण्डारीले स्थानीय तह राम्रो भएपनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्याउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले बनाएको स्थानीय तह एकदम राम्रो छ । कहिले को आउँछ, कहिले को आउँछ ? तर यो जनताको सबैभन्दा नजिकको छ । तर यससँग बजेटको कमी छ । यहाँ टयाक्स उठाउ भने अर्को चोटी भोट दिँदैन । हामीले अधिकार सम्पन्न गरेका छौं । तर ऐन, कानूनहरु पूरा बनाउन सकेका छैनौं । सदनमा झगडा हुने हो । एकले अर्कालाई गाली गर्ने मात्रै हो । गुनासो मात्रै हो । मुलुक कसरी बनाउने भन्ने कुरा एकदम गाह्रो छ । मुलुुक यसरी बन्छ, मुलुक यसरी बनाउनु पर्छ । यति कलिला मेयरहरुको भन्दाभन्दै कपाल फुल्छ कि भन्ने मलाई डर छ । यस्तो स्थिति छ । यसलाई अब हामीले बनाउनु पर्नेछ । संविधान त राम्रो बनायौं । अहिले व्यापारी, उद्योगपतिहरु, किसानहरु सबैभन्दा बढि मर्कामा छन् । वरीपरी जनतालाई गरिव बनाएर, जनतालाई लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुन सक्दैन । यो हाम्रो सिद्धान्त हो । त्यसकारणले म भन्दैछु-जे दिन थिए,थिए । अव हामीले धेरै दिन यो अराजकता, धेरै दिन यो लुटतन्त्र हामीले रहन दिँदैनौं ।’
सांसद भण्डारीले व्यापारी, उद्योगपतिहरु र किसानहरु मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरुलाई साथ दिएर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा