नेपालमा ठूला महल बनाउन दिनु हुदैन : उपसभामुख राना

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताउनुभएको छ ।

हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताउनुभएको हो । उहाँले शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई/तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने बताउनु भयो । उहाँले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महल बनाउनका लागि जो नक्शा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ । सबैले घर बनाउँदै जाने दुई, तीन जनाका लागि भने कहाँ बच्छ, सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने । भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुभयो । विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले । तर यता नेपालीले मालाको मूल्य नै बढाए । कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गर्‍यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने । बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन् ।’

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गर्नुभयो । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ ।

यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्र सङ्घकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?