काठमाडौं । आज बुधबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका ।
दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइएको छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ ।

यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा भाई टीका लगाएका छन् ।
वर्षमा एक दिन भाई टीकामा मात्र खुल्ने यो मन्दिरमा दिदी बहिनी नभएकाले यहाँ रहेका दिदी बहिनीको हातबाट टीका लगाउने प्रचलन रहेको छ ।








