काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा रहेको नन्दी सेवा स्थल र पशुपति परिसरमा रहेको राम मन्दिरमा गाई गोरुको पूजा गरियो ।
यस्तै, सर्वसाधारणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए । उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।


तस्बिरः फाेटाे लाइब्रेरी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts