१७ वर्षपछि भिमगिठेमा प्रहरी चौकीको भवन बनाइँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । वि.सं. २०६३ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय भिमगिठे अहिलेसम्म पनि जीर्ण भवनमा बस्दै आएको थियो । पाँच वर्ष अगाडि बडिगाड गाउँपालिका–७ भिमगिठेका स्थानीयले चन्दा संकलन गरेर जग्गा व्यवस्थापन गरे पनि नयाँ भवन बन्न सकेको थिएन ।

आर्थिक वर्ष २०७९/०८० मा केन्द्र सरकारले बजेट व्यवस्थापन गरेपछि अहिले बल्ल पक्की भवन बन्न थालेको छ । भवन निकै जीर्ण हुँदा सुरक्षाकर्मीले हिउँद बर्खा बाह्रै महिना हावाहुरी र वर्षाका कारण सास्ती खेप्दै आएका थिए । यहाँ बस्दा सुरक्षाकर्मीनै सुरक्षित थिएनन् ।

बर्खाको समय छानो चुुहिँने हुँदा त्रिपाल लगाएर बस्नु परेको प्रहरी कार्यालयका प्रमुख सई बामदेव पौडेलले बताउनुभयो । झ्याल ढोरका र फर्निचर लगायतका सामग्रीहरु सबै कुहिएको हुँदा सर्प र किरा फट्याङ्ग्रा भित्रै पस्ने गरेको पौडेलको भनाइ छ । पक्की भवनका लागि प्रक्रिया सुरु भएको भन्दै एक÷डेढ वर्षमा बनि सक्ने उहाँ बताउनुहुन्छ । यो भवनमा बसेर शान्ति सुरक्षा प्रदान गर्न निकै समस्या भएको सई पौडेलले बताउनुभयो । नयाँ भवन अहिलेको जीर्ण भवन भत्काएर त्यही स्थानमा निर्माण सुन लागेको उहाँको भनाइ छ ।

‘हामी बस्दै आएको भवन धेरै वर्ष पुरानो रहेछ, छानो, भवनको पर्खाल सबै जीर्ण छ, बर्खामा त्रिपाल नहाली बस्नै सकिदैन, सबै पानी चुइएर कपडा, बिस्तरा सबै भिज्ने गर्थे, भान्छामै सर्प पस्ने गर्थे, ड्युटी गर्न पनि समस्या थियो’ सई पौडेलले भन्नुभयो – ‘अब नयाँ भवन बन्न सुरु गरेको छ, सहज होला, भवन नबन्दासम्म वरपर घर भाडामा लिएर बस्ने तयारी छ ।’

ADVERTISEMENT

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले सुरक्षाकर्मीको व्यवस्थापनका लागि स्थानीयले चन्दा संकलन गरेको १५ लाख रुपैयाँबाट पाँच रोपनी जग्गा खरिद गरेको र भवन निर्माण गर्न थालेको बताउनुभयो । प्रहरीचौकी स्थापना स्थानीयले फर्निचर, भाडाँकुँडा, खाद्यान्न लगायतका सामानहरु सहयोग गरेको र हालसम्म पनि निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । वर्षौँदेखि सुरक्षाकर्मी असुरक्षित रुपमा बस्दै आएको हुँदा गाउँपालिकाले केन्द्र सरकारसँग पलह गरि यस वर्षदेखि भवन निर्माण गर्न थालिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

जीर्ण भवन भवनका कारण जनुसुकै बेला दुर्घटना हुन सक्ने स्थिती आएपछि पक्की भवन निर्माण थालिएको उहाँ बताउनुहुन्छ । केन्द्र सरकारले विनियोजन तीन करोड ६० लाखमासाढे दुई तला सुविधा सम्पन्न भवन निर्माण थालिएको अध्यक्ष अधिकारीको भनाइ छ । गाउँपालिकाले जीर्ण भवनमा लागि समय–समयमा मर्मत खर्च व्यवस्थान गर्दै आएको उहाँले बताउनुभयो ।

‘भिमगिठे क्षेत्रको शान्ति सुरक्षाका लागि वर्षौँ अगाडि इलाका प्रहरी चौकी स्थापना भएको हो, सुरुवाती दिन देखि नै स्थानीयले प्रहरीलाई ठूलो सहयोग गर्दै आएका छन्, अहिले पनि त्यो सहयोग निरन्तर छ, आफ्नो परिवारलाई जस्तै सहयोग गरेका छन्, चन्दा संकलनबाट १५ लाख उठेको थियो, त्यसबाट यहाँ पाँच रोपनी जग्गा खरिद गरि भवन निर्माण सुरु भएको छ, यसले सुरक्षाकर्मीहरुलाई ठूलो राहत मिल्ने छ, भने शान्ति सुरक्षा प्रदान गर्न पनि सहज हुने छ ।’ उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?