
पर्सा । वीरगञ्जमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । बिहीबारदेखि आदर्शनगरमा मधेश प्रदेशकै पहिलो सुविधासम्पन्न ‘स्काइलाइन’ मलमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा आएको हो ।
यसमा तीनवटा छुट्टाछुट्टै अडिटोरियम स्क्रिनहरू छन् । जहाँ एकैपटक तीनवटासम्म चलचित्र देखाउन सकिने सञ्चालकको भनाइ छ । कुल ३८२ सिट संख्या रहेको सो हलमा दुईवटा अडिटोरियममा रिक्लाइनर सिट पनि उपलब्ध छ ।
चलचित्रको उत्कृष्ट अनुभव दिनका निमित्त अडिटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधासमेत रहेको छ ।
दर्शकहरूले टिकट बुक गर्न क्युएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्नेछन् । मलकै पहिलो तलामा रहेको बक्स अफिस काउन्टरबाट टिकट बुकिङ गर्न सकिने सुविधा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच