तेश्रो संस्करणको पाटन प्रिमियर लिगको उपाधि मेलौलीलाई

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको पाटनमा सम्पन्न तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल-३)टी-२० क्रिकेट प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा टिम क्वालिटी कैलपाललाई ४० रनले पराजित गर्दै उपाधि उचालेको हो । उपाधी उचालेको मेलौलीले प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेत बनेको कैलपालले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

मेलौलीले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कैलपालले १८.१ बलमा अलआउट हुदै १७३ रनमा समेटियो । कैलपालका दिनेश बिष्टले ४६ रन बनाएका थिए । अन्य ब्याटर चल्न नसक्दा कैलपाल पराजित हुन पुग्यो । मेलौलीका नरेन भट्टले ३ विकेट लिए ।

ADVERTISEMENT

यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको मेलौलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै २१३ रन बनाएको थियो । मेलौलीका अभिषेक पालले सतकीय पारी खेले उनले ४४ बलको समाना गरेका थिए । मेलौलीका नरेन भट्टले ३५ रन बनाए । पहिलो विकेटका लागि नरेन र अभिषेकले १५४ रनको साजेदारी गरेका थिए । कैलपालका प्रदिप चन्दले ३ विकेट लिए ।

मेलौलीलाई जिताउन महत्वपूण भूमिका निर्वाह गरेका अभिषेक म्यान अफ द फाइनल चुनिए ।
यसैगरी प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका कैलपालका प्रदिप चन्द उत्कृष्ट ब्याट्सम्यान सहित म्यान आफ द सिरिज चुनिए । उनले म्यान अफ द सिरिजको २२,२२२ तथा बेस्ट ब्याट्सम्यानको ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी कैलपालकै लोकेन्द्र बहादुर चन्द प्रतियोगिताका उत्कृष्ट बलर चुनिए । उनले ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?