काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने समय शुक्रबार सकिँदै छ ।
गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपिओमा आवेदन दिने शुक्रबार (कात्तिक २४ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता