कैलाली । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको टोली भूकम्प प्रभावितका लागि राहत सामग्री लिएर कर्णाली प्रदेश गएको छ ।
नगर उपप्रमुख कन्दकला कुमारी रानाको नेतृत्वमा कार्यपालिका सदस्यहरूको टोली विहिबार भूकम्प प्रभावितका लागि राहत सामाग्री बोकेर कर्णाली गएको हो ।
कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण जनधनको क्षति भोग्नुपरेकाहरुका लागि उपमहानगरपालिकाले ६ लाख ३५ हजार रुपैयाँ बराबरको एक सय क्वीन्टल चामल पठाएको हो ।
२८ औं कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाउने निर्णय गरेको थियो । सोही बैठकले भूकम्पबाट ज्यान गुमाएकाहरुको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । एक मिनेट मौन धारण गर्दै बैठकले निधन भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेको थियो । विहिबार विहान नगरप्रमुख गोपाल हमालले कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि गएको टोलीलाई राहत सामग्रीसहित विदाई गर्नुभएकाे थियाे ।
उपप्रमुखसहितको टोलीले सुर्खेत पुगेर कर्णाली प्रदेश सरकारलाई चामल हस्तान्तरण गरेर फर्कने छ । उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले भूकम्प प्रभावितहरुलाई राहत दिन बनाइएको सरकारी एकद्धार प्रणालीमार्फत् उक्त खाद्यन्न वितरणका लागि पठाइएको बताउनुभयाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा