वडा कार्यालय श्यामशिलामा तोडफोड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरको पुर्वी पौवादुङमा गाउँपालिका वडा नम्बर १, श्यामशिलाको वडा कार्यालयमा तोडफोड गरिएको छ । वडा कार्यालय भित्र प्रवेश गरि मंगलबार राती तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।

कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालय भित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो। तोडफोडबाट कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा क्षति भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

तोडफोडबाट करिव डेढलाख बराबरको क्षति भएको छ । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको वडाध्यक्ष तामाङको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?