काठमाडौं । इ–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कात्तिक २५ गतेदेखि सुरु हुने सेलमा ग्राहकले खाद्यान्न, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन र मनोरञ्जनलगायतका विभिन्न विधाका लाखौँ प्रोडक्टमा सात करोडसम्मको छुट पाउने कम्पनीले जनाएको छ । सेलमा ग्राहकहरूले निःशुल्क डेलिभरी, १० हजारसम्मको मेगा भौचर, मेगा डिलमा ८० प्रतिशतसम्म छुट, मेगा गिभ अवेअन्तर्गत नौ सय ९९ रुपैयाँभन्दा बढीको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताले सिजी ब्राण्डका वासिङ मेसिन जित्ने मौका पाउने बताइएको छ ।
साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत अधिकतम् दुई हजार २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २० प्रतिशत अर्थात् अधिकतम २५ सय छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
दराजका प्रबन्ध निर्देशक आँचल कुँवर भन्नुहुन्छ, ‘११ः११ सेलमात्र नभएर उत्साह र उमंग हो । हाम्रो वर्षौंको कडा मिहिनेत र परिश्रमबाट ११ः११ सेललाई विशेष बनाउन सफल भएका छौँ । यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो । आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनी यस वर्षको ११ः११ बाट धेरैभन्दा धेरै लाभान्वित हुनुहुनेछ ।’
कम्पनीका अनुसार सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीले साथ दिएका छन् । यस वर्षको सेलमा आठ ब्राण्डहरू दराजसँग डाइमण्ड पार्टनरका रूपमा आबद्ध भएका छन् । अल्टिमा लाइफस्टाइल, मसल बलेज, हाडा लाबो, भ्यासलिन, सेटाफिल, गोल्डस्टार, वाउ स्किन साइन्स र जुभाराका साथै हाइफ्युचर, फिलिप्सलगायतका कम्पनी आबद्ध भएका हुन् ।
दराजको ११ः११ सेलमा नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक, ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक आबद्ध भएका छन् । कात्तिक २५ गते राती १२ बजेदेखि १२ः३० बजेसम्म आइएमई पेद्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत अर्थात् अधिकतम् पाँच सय र बिहान आठदेखि साढे आठ बजेसम्म १५ प्रतिशत अर्थात् अधिकतम् दुई सय ५० रुपैयाँ छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सेलमा उमंग थप्न गायिका सुवानी मोक्तानले कात्तिक २४ गते राती १० बजे दराज लाइभमार्फत् कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।






