काठमाडौंं । काठमाडौंमा आठौँ रियलस्टेट एक्स्पो हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा रियलस्टेट एक्स्पो गर्ने भएको हो ।
घर निर्माणमा आएका नयाँ प्रविधिको विषयमा जानकारी गराउने उद्देश्यले रियलस्टेट एक्स्पो आयोजना गर्न लागिएको संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संघका अध्यक्ष विदुर धमलाका अनुसार एक्स्पो रियलस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताबीच एकै स्थलमा भेट हुने महत्वपूर्ण बिन्दु हुनेछ ।
एक्स्पोमार्फत् जग्गा विकासकर्ताले आफ्ना नयाँ उत्पादन प्रदर्शन गर्ने र उपभोक्ताले आवास तथा जग्गा विकाससम्बन्धी जानकारी पाउन सक्ने बताइएको छ । एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्सचर, फर्निचर र फर्निसिङ, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवा रहने आयोजकले जनाएको छ ।






