काठमाडौं । सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । साथै विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम यसपटक स्थगित गरिएको पनि सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।






