काठमाडौं । नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गर्नुभएको छ ।
प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको बैंकले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यान्न, त्रिपाल, ब्ल्यांकेट, औषधिलगायतका एक करोड बराबरको राहत सामग्री उपलब्ध गराउनेछ । उहाँले भन्नुभयो, ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलहम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’ राहत सामग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुवेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका हुन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts