दोहोरो अंकले बढ्यो सेयर बजार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । केही दिनयता लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ ।

गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।

ADVERTISEMENT

पछिल्ला चार कारोबार दिनमा ५२.४४ अंक घटेको थियो । तर, सोमबार भने बढेको सेयर बजारमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

सोमबार २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज