विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुन्छ, भीडभाड गरेर अल्झाउनु हुँदैन : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितका लागि भीडभाड भन्दा पनि सेवा महत्वपूर्ण रहेको बताउनु भएको छ ।

अध्यक्ष ओलैले पीडितहरूको सहयोगका लागि सबै एकजुट हुन आग्रह गर्दै राहत दिने बाहनामा अनावश्यक भीडभाड नगर्न अनुरोध समेत गर्नुभएको छ ।

जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न,लत्ताकपडा,घाइतेका लागि औषधि उपचार आवश्यक भएको उहाँले बताउनु भएको छ ।

विपतको बेला तत्कालको आवश्यकता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै एकजुट हुन आग्रह समेत गर्नुभएको छ ।

'जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ। विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ। त्यहाँ अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक छ। ' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

ADVERTISEMENT

करौडौं राहत र सहयोगको घोषणा भएपनि केही भूकम्प पीडितले अहिलेसम्म कुनै राहत नभएको गुनासो गरिरहेका छन् ।

यसअघि नै एमालेले भूकम्प पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ।

शुक्रबार राति जाजरकोटको रामडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको ज्यान गएको छ। करिब दुईसय बढी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *