द्धन्द्धग्रस्त गाजा क्षेत्रमा मानवीय संकट विकराल बन्दै, समुन्द्रको पानीको सहारामा स्थानीय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्यालेस्टाइन–इजरायली द्वन्द्व चर्किंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव हुँदा तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका लागि समुन्द्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानीसमेत नभएको बताउनुभयो ।

गाजामा केही नभएको र गाजा अहिले घेराबन्दी र घातक युद्धबाट पीडित रहेको गाजा बिस्थापित व्यक्ति सईद महमूदले बताउनु भयो । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको छ ।

ADVERTISEMENT

त्यस्तै अर्का एक बिस्थापितले पानी पिउन समेत नपाउनुले कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताउनु भयो । उहाँले खानेकुरा नपाउने ठूलो कुरा नभएको भन्दै उहाँले पानी समेत पिउन नपाएको दुखेसो गर्नुभयो । उहाँले पानीको लागि समुन्द्र एकमात्र विकल्प भएको बताउनुभयो । पानीका लागि समुन्द्र धाउनुपरेको र त्यही बस्ने गरेको बताउनुभयो । न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?