काठमाडौं । ग्लोबल आइएमई बैंक, आइजिआई प्रुरुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमईलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनी तथा आइएमई फाउण्डेसनमार्फत् भूकम्पबाट प्रभावितका लागि एक करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने भएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने बताइएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यसपटक पनि हरसम्भव सहयोगका लागि जुटेको बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts