काठमाडौं । प्रिज्मार्क मार्केटिङले २८ वर्ष पूरा गरेको छ । बहुराष्ट्रिय निगम, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रसहित ग्राहकको एक विस्तृत शृंखलामाझ उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाका लागि प्रसिद्धि कमाएको प्रिज्मार्क मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीका रूपमा काम गर्दै आएको छ ।
सो अवसरमा कम्पनीका कार्यकारी निर्देशक पंकज प्रधानले भन्नुभयो, ‘हाम्रो २८ वर्षको यात्रा, हाम्रा विविध ग्राहकलाई नवीन र प्रभावकारी मार्केटिङ समाधान प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान ग्राहकको अटुट समर्थनलाई जान्छ ।’
कम्पनीले उद्योगको गतिशील आवश्यकता पूरा गर्न मार्केटिङ रणनीतिको विकासशील परिदृश्यमा निरन्तररूपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोण अँगाल्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts