भुकम्प पीडितलाई सहयोग गर्दै भोजपुरका पालिका

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई भोजपुर जिल्लाका स्थानीय तहहरुले पनि सहयोग गर्न सुरु गरेका छन् ।

जिल्लाको रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकाले भुकम्प पीडितको सहयोगका लागि राहत कोषमा रकम जम्मा गर्न सुरु गरेका हुन् । पालिकाको निर्णय अनुसार पालिकाको बिपद ब्यवस्थापन कोष मार्फत पीडितका लागि सहयोग गर्न लागिएको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “जाजरकोट र रुकुम पश्चिममा भुकम्प पीडित परिवारका लागि बिपत ब्यवस्थापन कोषबाट खर्च हुने गरी प्रति जिल्ला एक एक लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छौ ।” यो रकमले पीडितका लागि थौरै भए पनि राहत मिल्ने छ ।"

यता जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाले पनि पीडितका लागि दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो ।

ADVERTISEMENT

दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले पालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईको भनाई रहेको छ । पीडितका लागि सवै पालिकाहरुले सकेको सहयोग गर्न सकिएमा केही राहत मिल्ने अध्यक्ष राईले बताउनुभयो ।

पीडित परिवारहरुका लागि भोजपुरका अन्य पालिकहरुले समेत सहयोग गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?