लेकाली खेती फापर लोप हुँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । लेकाली खेतीका रुपमा परिचित फापर बाली लोप हुँदै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्ष यता कम खेती हुन थालेको हो । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ ।

रैथाने बाली फापरको आँटो, ढिडो र रोटी लगायतका परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित सामानको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ । फापरका परिकार उच्च रक्तचाप र सुगरका बिरामीका लागि अति उत्तम मानिन्छ ।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रका किसानले फापर खेती गरे पनि आधा दशकदेखि कम हुँदै गएको स्थानीय कृषक तिर्थबहादुर बुढा मगरले बताउनुभयो । पहिले गाउँका हरेक किसानले आफ्नो एक/दुई रोपनी बारीमा फापर खेती गर्ने गरेको भन्दै अहिले फापर फल्ने बारीमा कतै गहुँ मकै त कतै बानबाराले ढाकिने गरेको बुढा मगरको भनाइ छ । अहिले गाउँमा कमैले मात्र फापर खेती गर्ने उहाँ बताउनुहुन्छ । व्यावसायिक रुपमा यसको खेती गर्न छाडेपछि लोप जोखिम बढेको बुढा मगरले बताउनुभयो ।

‘हामीहरु त फापरकै आँटो ढिडो र रोटी खाएर हुर्किएका हौँ, हाम्रो पालामा अहिलेको जस्तो चामल पाइँदैनथ्यो, चामल ल्याउनका लागि १०/१२ दिन लगाएर बटौली जानु पथ्र्यो, अहिले चामल पनि दोकानमै पाइन्छ, पिठो पनि पाइन्छ, त्यही भएर गाउँमा फापर खेती गर्न छोडे’ बुढा मगरले भन्नुभयो – ‘आजभोली फापरको ढिडो, आँटो खाउँ भने पनि पाइँदैन, दुई/चार पाथी फल्छ, त्यो एक महिनामै सकिन्छ, पहले त वर्षभरीको खाना फापरकै हुन्थ्यो ।’

पछिल्लो सहर बजारमा र युवा पुस्तामा फापरका परिकारको आकर्षण बढेको देखिन्छ । बजारका ठूला होटल तथा रेष्टुरेण्टमा फापरको रोटीको माग बढेको होटल व्यवसायी बताउँछन् । फापरबारीमा अन्य बाली खेती हुन थालेपछि हिजोआज यसको उत्पादनमा ह्रास आएको स्थानीय किसान निमबहादुर विकले बताउनुहुन्छ । पहिले रातो र कालो जातको फापर राम्रो खेती हुने बोबाङको दुनेपँधेरामा आजभोली निकै कम फल्ने गरेको विकको भनाइ छ । आफूले एउटै बारीबाट दुई मुरी फापर फलाएको स्मरण गर्दै अहिले सोही ठाउँमा खेती गर्दा १० पाथी पनि उत्पादन नहुने उहाँ बताउनुहुन्छ ।

ADVERTISEMENT

फापर खेती गर्ने बारीमा केही वर्ष मकै र जौँ खेती गरेको र त्यसपछि फापरनै लगाउँदा उत्पादन कम भएको विकले बताउनुभयो । फापरको उत्पादन घटेपछि चार वर्षदेखि यसको खेती गर्न छाडेको विकको भनाइ छ । जति मेहनेत गरे पनि उत्पादन न्यून हुँदा फापर बाली खेतीप्रति स्थानीयको आकर्षिण घटेको उहाँ बताउनुहुन्छ । खेती कम हुँदै गए पनि अहिले धेरैका लागि फापरको परिकारका खान नौलो हुन थालेको विकले बताउनुभयो ।

‘आजभोलि फापर खेती निकै कम हुन्छ, तर गाउँमा पाहुना आउँदा फापरको खाना खान खोज्नु हुन्छ, पहिले पहुना आउँदा भात खुवाउनु पर्छ भन्ने चलन थियो, अहिले त त्यो चलन फेरिएको छ, उन्नत जातका अन्नबालीप्रति सबै आकर्षित हुँदा फापरको बिउ जोगाउन पनि गाह्रो हुन थालेको छ,’ उहाँले भन्नुभयो – ‘यही हिसाबले किसानहरुले फापर खेती गर्न छोडे भने अबको केही वर्षमा गाउँ घरमा यसको परिका खान त के देख्न पनि पाइने छैन ।’

अचेल फापरका परिका गाउँका भान्छामा पाक्न छाडेका छन् । तर कहिलेकाहीँ लाग्ने मेला महोसत्वमा भने आकर्षणकै रुपमा राखेको पान्इछ । बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष १२० मेट्रिकटन फापर उत्पादन हुने गरेको छ । फापर बाली संरक्षणका लागि ‘रैथाने बाली संरक्षण’ कार्यक्रम संचालन गर्ने, उन्नत जातका बिउहरु वितरण र कृषकलाई प्रोहोत्सान गर्ने सूचना अधिकारीले पुन मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘जिल्लामा फापर खेतीको उत्पादनलाई हेर्ने हो भने हरके वर्ष घट्दै गएको पाइन्छ, उत्पादन गर्ने क्षेत्रफल पनि घटि रहेको छ, कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण कार्यक्रम अन्तरगत फापर खेतीलाई प्राथमिकता दिनका लागि कृषकलाई प्रोहोत्सान गर्छौँ, यो किसिमको कार्यक्रमहरुले किसानहरुलाई खती गर्न तर्फ प्रेरित गर्ने छ, अब किसानले उत्पादन गर्ने फापरलाई ज्ञान केन्द्रले नै बजारीकरणका लागि सहयोग गर्छ, उहाँहरुलाई त्यसबाट बन्ने विभिन्न प्रकारका परिकार बनाउने तालिम दिने छौँ, यसले गर्दा उत्पादनमा वृद्धि हुने अपेक्षासमेत गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *