बागलुङ। बागलुङको बडिगाड गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री पठाएको छ । रुकुम पश्चिम र जाजरकोटमा गय राति आएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारलाई सहज बनाउनका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाएको हो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्रीसहित स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र के.सीको नेतृत्वमा डा.कुन्दन कुमार यादव, जनस्वास्थ्य निरीक्षक डिल बहादुर के.सी., हेम पुन, हेल्थ असिस्टेन्ट सुदिप रञ्जन यादव लागएत स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट तर्फ पठाईएको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुको टोली यथाशक्य छिटो प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुनको लागि बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मीहरु भुकम्प प्रभावित क्षेत्रतिर प्रस्थान गरि सकेको अध्यक्ष थापाको भनाइ छ । विपद्को समयमा सानो–सानो सहयोगले पनि ठूलो राहत मिल्ने हुँदा गाउँपालिकाले एक जना डाक्टरसहित चार जना स्वास्थ्यकर्मी पठाएको उहाँले बताउनुभयो ।
‘राहत सहयोग भन्ने भने कुरा तत्काल गर्नु पर्ने हुन्छ, त्यहाँ विपद्मा परेका नागरिकको अवस्था देख्दा यहाँ हामीहरुलाई दुःखेको छ, समयमै सहयोग गर्न सकियो भने कसैको ज्यान बाँच्छ, उपचार पाउँछ भन्ने हिसाबले हाम्रो यहाँका डाक्टरले त्यहाँका स्वास्थ्यकर्मीसँग संवाद गरि केके औषधी तथा सामग्री आवश्यक छ भनि सोधेर सोही अनुसार यहाँबाट लगेर जानु भएको छ,’ अध्यक्ष थापाले भन्नुभयो – ‘अहिले त लोकमार्गले गर्दा जाजरकोट र रुकुम पश्चिमलाई हामीसँग जोडेको छ, विपद् कहाँ कति बेला आउँछ भन्न सकिदैन, भोली हाम्लाई पनि पर्छन सक्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements