काठमाडौं । चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।
चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सन्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।
‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ।
भूकम्पपीडितहरुलाई चीनको तर्फबाट टेन्ट, कम्मल लगायतको सामग्री आउने उल्लेख छ । ती सामग्रीहरु केही दिनमा नेपालमा आइपुग्ने राजदूत छनले जानकारी दिनुभएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता