हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउ बीमामा कार्यक्रम लागु भएको छ । हुम्लामा ल्याउ राम्रो उत्पादन हुने भएपनि यसअघि बिमा कार्यक्रम लागुभएको थिएन् ।
स्याउ किसानलाई बीमा सचेतना सम्बन्धी अभिमुखीकरण गोष्ठी सञ्चालन गरिएको शिखर इन्स्योरेन्स शाखा कार्यालय हुम्लाका प्रमुख गोरासिंह बोहराले बताउनुभयो । मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा हुने क्षतिबाट सुरक्षित रहनको लागि हुम्लामा पनि बीमा कार्यक्रम लागुभएको प्रमुख बोहराले बताउनुभयो ।
हिमाली जिल्ला हुम्लामा स्याउ खेती राम्रो हुनुका साथै यसबाट आयआर्जनमा टेवा पुगोस् हेतुले मौसमी प्रतिकुलताका कारण भइरहेको क्षति न्युनिकरणमा निकै सहयोग पुग्ने भएकाले स्याउ बीमा कार्यक्रम हुम्लामा पनि लागू भएको कर्णालीका इन्चार्ज ऋषिराम पाण्डेले बताउनुभयो । स्याउ खेती बीमा कर्णालीका मुगु, कालिकोट र जुम्लामा यसअघि लागु भइसकेको इन्चार्ज पाण्डेले बताउनुभयो ।
पछिल्लो समय हुम्लामा उत्पादित अर्गानिक स्याउको माग बढ्दो छ । पछिल्लो समयमा मौसम प्रतिकुलताका कारण उत्पादनमा गिरावट आउदैछ, किसानको मेहेनत खेर जान नदिनको लागि हुम्लामा स्याउ खेती बीमा निकै राम्रो कार्यक्रम बन्ने आसा आफुले लिएको इन्चार्ज पाण्डेले बताउनुभयो । स्याउ नफल्दा किसानले वीमाङ्क रकम पाउने भएकोले खासै समस्या व्यहोर्नु नपर्ने उहाँकोे तर्क थियो ।
यस्तै शिखर इन्स्योरेन्स सुर्खेत शाखा प्रमुख नवराज ढुङ्गगानाले भन्नुभयो, ‘स्थानीय अर्गानिक स्याउ स्वास्थ्यका हिसावले फाइदाजनक छ । यसका लागी बीमा कार्यक्रमले किसानलाई साथ दिएको छ ।’ ब्यवसायिक किसान बन्नको लागि बीमा अपरिहार्य छ । असिना र खडेरीले स्याउ नफल्दा किसानले बीमाङ्क रकम पाउदै आउने भएकाले हुम्लामा पनि बीमा कार्यक्रम किसानका लागि सहयोगी बन्ने भएको सुर्खेत शाखा प्रमुख ढुङ्गगानाले बताउनुभयो ।
शिखर इन्स्योरेन्सले मौसम सुचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका जुम्ला, मुगु र कालिकोटका किसानलाई यसअघि क्षेति पुगेको दाबी रकम भुक्तानी समेत गरिसकेको ढुङ्गगानाले बताउनुभयो । हुम्ला जिल्लाका सबै स्याउ किसानले स्याउ खेतीको बीमा गर्नु पर्ने उहाँको भनाई थियो । असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानलाई बीमा गरेपछि रकम पाउँदा राहत ढुङ्गगानाको भनाई थियो ।
हुम्लाको सदरमुकाम सिमकोटको एर्पोट चोकमा रहेको हुम्ला रिर्सोट होटेलमा भएको एक दिने बीमा सचेतना सम्बन्धि अभिमुखीकरण गोष्ठीमा झण्डै ८० भन्दा बढी स्याउ किसानको सहभागीता रहेको शिखर इन्स्योरेन्स शाखा हुम्लाका प्राविधिक उपेश भण्डारीले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements