काठमाडौं । टिभिएस अपाचे आरटिआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाली बजारमा आउने भएको छ । टिभिएस मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटिआर १६० भी फोर एफआईको विशेष संस्करण सार्वजनिक गर्ने तयारी गरेको हो ।
अपाचे आरटिआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकका लागि थप छनोटको विकल्प दिने उद्देश्यसाथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । अपाचे आरटिआर १६० भी फोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने भएको छ ।
कम्पनीले सेग्मेन्टमै पहिलोपटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको हृयाण्ड ब्रेक लिभर र क्लच लिभर उपलब्ध गराउने बताइएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुर्ईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक बिक्रेता हो ।






