गुल्मीमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी। जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा तम्घासमा आजदेखी पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै छ । आज (बुधबार) देखी कात्तिक १८ सम्म चिदिचौर खेलमैदानमा हुने भलिबल प्रतियोगितामा यस जिल्लाका १२ वटै स्थानीय तहबाट महिला र पुरुष गरि २१ टिम सहभागी भएको संघले जनाएको छ ।

प्रथम गुल्मी भलिबल कप २०८० आयोजना गरि जिल्लामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताउनुभयो । प्रतियोगितामा चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकाबाट महिला खेलाडीको सहभागिता छैन ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपियाँ, द्वितीय हुनेले ५५ हजार ५५५ रुपियाँ, तृतीय हुनेले ३३ हजार ३३३ रुपियाँ र सान्त्वना हुनेले ११ हजार १११ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

ADVERTISEMENT

त्यस्तै, महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपियाँ, द्वितीय हुनेले २५ हजार रुपियाँ, तृतीय हुनेले १५ हजार रुपियाँ र सान्त्वनाले हुने नगद १० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रियस्तरमा खेल खेलेका खेलाडी सहभागी हुन नपाउने संघले जनाएको छ । दिउँसो २स्०० बजेदेखि सुरु हुने सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले गर्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज