खुम्रेकिराको प्रकोपले गजुरीका किसान गाउँ छाडदै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । खुम्रेकिराको प्रकोपका कारण धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् । करिब १४ घर चेपाङ र १७ घर तामाङ समुदायको बसोबास रहेको उक्त गाउँमा २०७२ सालको भुकम्प पछिबाट देखापरेको खुम्रेकीराले बाली सखाप पारेसँगै स्थानियहरु आजित बनेका हुन् ।

खेतबारीमा लगाएको फलफूल, तरकारी, कोदो मकै लगात अन्न बाली सबै खुम्रेकिरा नष्ट गरिदिएपछि गाउँ नै छाडी बसाइँ नै सर्नुपर्ने सोचमा पुगेको स्थानीय हुन्डरी तामाङले बताउनुभयो । आफ्नो खेतबारीमा उत्पन्न भएको बालीले खान पुग्ने भएपनी बाली उम्रेपछि खुम्रेकिराले नष्ट गरिदिने भएपछी यो ठाउँमा खेती किसान गरेर बस्न नसक्ने अवस्था आएको छ ।

अहिले भकारोदेखि बारीसम्म जहाँ पनि खुम्रे किराले सताएको छ,भकारोमा मल बोक्दा पनि खुम्रे किरा छानेर लान्छौँ, विषादी पनि हालेको हो तर खुम्रेकिरा नियन्त्रण आएन ।

पुराकसिङ खाद्य अधिकार प्रभावित समूहका अध्यक्षसमेत रहनुभएका तामाङले कोल्टो र भिरालो जमिनमा बलौटे माटो भएकाले पनि खुम्रेकिराले बढी सताएको भन्दै गाउँ नै छाड्नुपर्ने बाध्यता बनाएको बताउनुभयो ।खेती खुम्रेकिराले खाइदिएपछी अहिले यहाँका स्थानियले ज्याला मजदुरी गरेर दुई छाक जोहो गरिरहेको उहाँको भनाई छ ।

ADVERTISEMENT

खुम्रेकिराको आयु ३ वर्षको हुने भएकाले उपचार विधि भनेको माटो उपचार गर्नु र अर्को उपाय बिजुली बत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो‘मकै र कोदोलगायत बालीको जरा खाएर क्षति गर्ने खुम्रेकिरा माटोमुनि धेरै समय रहन्छ,विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन ।

अब विकल्प भनेको बिजुली बत्ती हो । गाउँमा बत्ती आउँदैछ, यसले खुम्रेकिराको नियन्त्रण गर्न सकिन्छ कि भन्ने आश छ।’सिन्धुपाल्चोकमा बिजुली बत्ती आएपछि खुम्रेकिरा नियन्त्रण भयो भन्ने सुनेका यहाँका किसान पनि गाउँमा बत्ती बलेपछि लाइटिङ प्रविधिबाट किरा नियन्त्रण हुने आशमा रहेको बताउनुभयो ।

अहिलेसम्म विजुली बत्ती नपुगेको उक्त गाउँका स्थानियहरुले गत जेठ १२ गते नेपाल विद्युत प्राधिकरण धादिङ शाखामा मागपत्र बुझाएसँगै अहिले विद्युत विस्तार गर्न धमाधम काम भईरहेको छ।खुम्रेकिराको वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो । खुम्रेकिरा सबैभन्दा विनाशकारी किट किरा हो । खुम्रेकिराको वयस्कहरु खपटे समूहमा पर्दछ । खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *