चितवन । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक बिक्रेता अग्नि ग्रुपले चितवनमा फ्ल्यागसिप ग्लोबल एसयुभीहरू स्कार्पियो एन, एक्सयुभी ७०० (एक्सयुभी, सेभेन डबल ‘ओ’) र एक्सयुभी ३०० (एक्सयुभी, थ्री डबल ‘ओ’) सार्वजनिक गर्दै शोरुम स्थापना गरेको छ । काठमाडौं, इटहरी र जनकपुरमा स्कार्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० को सफलतापूर्वक शुभारम्भपछि चितवनमा पनि विस्तार गरेको हो ।
नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयुभी शोरुम इन्टरनेसनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकरलगायतले संयुक्तरूपमा उद्घाटन गरेका थिए । अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार चितवन र आसपासका ग्राहकलाई अधिकतम् सुविधा र किफायतीरूपमा कम्पनीका गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्यका साथ शोरुम विस्तार गरिएको हो ।
कम्पनीका डेपुटी सेल्स डाइरेक्टर वरदान बस्नेतले भन्नुभयो, ‘यो सुविधा सम्पन्न आउटलेटले ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक हुनेमा हामी विश्वस्त छौँ ।’ महिन्द्राको अभिनव ट्विन पिक शोरुमले वरपरका क्षेत्रमा बसोबास गर्ने ग्राहकको अनुभव अभिवृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।






