गुल्मी। गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर-६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । बिरामी तीनै जनाको अवस्था मध्यम रहेको डिएसपी पाण्डेले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा