हुम्ला । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौं दिनदेखि हुम्लाको मध्य भेगको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ ।
लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । नागरिकतालगायत अन्य प्रशासनिक काममा समेत बाधा पुगेको छ । इलाका प्रशासनबाट हुने सम्पुर्ण कामकाज ठप्प हुँदा यस क्षेत्रका सेवाग्राही समस्या परेका छन् ।
लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएको नेकपा माओवादी केन्द्र सर्केगाड गाउँपालिका समिति अध्यक्ष छवि थापाले बताउनुभयो । कार्यालय बन्द हुँदा नागरिकले भाद्र महिनादेखि नागरिकता बनाउनसमेत नपाएको माओवादी केन्द्रका अध्यक्ष थापाले बताउनुभयो । नागरिकता मात्रै नभएर इलाका प्रशासनबाट हुने कुनै काम गर्न नपाएको उहाँले बताउनुभयो ।
कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरु समस्यामा परेको सर्केगाड गाउँपालिका–१ जैरका युवराज रावतले गुनासो गर्नुभयो । नागरिकता बनाउन नपाउँदा आफूलाई समस्या भएको रावतको भनाइ थियो । जैर गाउँबाट झन्डै ३ घण्टा हिँडेर सर्केगाड आइपुगेको भएपनि कार्यालयमा पुग्दा सेवाग्राहीका लागि सेवा दिने कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको रावतले बताउनुभयो ।
कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । महिना दिन बित्दा समेत कार्यालयमा कर्मचारी कोही नहुँदा दक्षिणी भेगमा रहेका चारवटा गाउँपालिकाका सेवाग्राहीले समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।
गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ । तर, पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको नागरिकता बनाउन सर्केगाड पुगेका सोही पालिका–४ का सपना थापाले बताउनुभयो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो थापाको छ ।
सदरमुकाम सिमकोट पुग्न एकदिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । अब एक–दुई दिनमा कार्यालयमा इलाका प्रशासनका प्रमुख नआएपछि सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता पुरानै रहने भएको थापाले बताउनुभयो । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम नहुने उहाँको गुनासो छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts