संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नुहुँदैन : अध्यक्ष नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताउनुभएको छ ।

शनिवार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताउनुभएको हो । उहाँले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरु हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनु भयो । उहाँले अब सो विषयलाई टुंग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो- ‘वास्तवमा धेरै ढिलो भयो । जसरी हामीले एकदम छोटो समयमा युद्धलाई टुंग्याउने र शान्तिको प्रक्रियामा या राजनीतिक मुल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ । त्यसैगरी त्यससँग जोडिएका जम्मै विषयवस्तुहरु, द्वन्द्व व्यवस्थापनका सम्पूर्ण विषयवस्तुहरु, संक्रमणकालीन न्यायसँग जोडिएका सबै विषयवस्तुहरुलाई छिटो टुंग्याउनु पर्दथ्यो । त्यसमा ढिलाइ भएको छ । अब धेरै ढिला गर्नु हुँदैन । संयुक्त राष्ट्रसंघको महासचिव आउनु भएको यो बेलामा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ ।’

अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरु विभिन्न परिक्षामा जाचिएर आएका उल्लेख गर्दै आफूहरु पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?