काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तरसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै बैंक र नेपाल पेमेन्ट सोलुसनले नयाँ योजनाको सुरुवात गरेको छ ।
सम्झौताबमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपभित्र रहेको इन्स्टा फण्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कबापत एक रुपैयाँमात्रै लाग्ने बैंकले जनाएको छ ।
यो योजना पुस मसान्तसम्म लागू हुने बताइएको छ । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ सञ्जाल, ७७ एटिएम तथा अन्य शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।






