काठमाडाैं । स्पेनको समावेशी, सामाजिक सुरक्षा र आप्रवासन मन्त्रालयले अक्टोबरको शुरुदेखि क्यानरी टापुको तटमा धेरै संख्यामा आप्रवासीहरु आएको भन्दै आपत्कालीन घोषणा गरेको छ ।
सरकारी श्रोतकाअनुसार अक्टोबरको पहिलो १५ दिनमा ८ हजार ५६१ आप्रवासीहरुले टापुमा प्रवेश गरेका थिए । यस वर्षको शुरुदेखि हालसम्म २३ हजार ५३७ जना आएको बताइएको छ । सन् २००६ मा ३१ हजार ६७८ आएका थिए । त्यसपछिकै यस वर्ष यो उच्च संख्या हो । आपत्कालीन घोषणा गर्नु मानिसको आवागमनलाई कम गर्नु रहेको बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता