काठमाडौं । रियलमीले नेपालीहरूको महान् चाड विजयादशमी, दीपावली तथा छठको अवसरमा ‘दशैँ तिहार उमंगः उपहारले सबै दंग’ योजना ल्याएको छ । कात्तिक २९ सम्म लागू हुने योजनाअन्तर्गत ग्राहकले वासिङ मेसिन, स्कुटर र रियलमी जिटी २ प्रो जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठको पावन अवसर पारेर हामीले यो क्याम्पेन ल्याएका छौँ । रियलमी ब्राण्डप्रति नेपाली ग्राहकले देखाएको माया र साथप्रति हामी सदैव आभारी छौँ ।’
क्याम्पेनअन्तर्गत ग्राहकले दैनिकरूपमा २.२ लिटरको कोन्का राइसकुकर, सफारी ब्याकप्याक, कोन्का इलेक्ट्रिक मिक्सर र कोन्का इण्डक्सन जित्न सक्नेछन् भने साप्ताहिकरूपमा नार्जो एन ५३ जित्न सक्नेछन् । बम्परमा कोन्का वासिङ मेसिन, कोन्का ५५ इन्च ४ के टिभी, रियलमी जिटी २ प्रो र टिभिएस एनटर्क स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts