काठमाडौं । मेधावी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा संस्थाका अध्यक्ष्य डा।सुभाष कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका व्यवस्थापक हिरण्य प्रसाद उप्रेतीले आर्थिक वर्ष २०७९/०८० को संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै उक्त आर्थिक वर्षको वासलत १३ करोड ४८ लाख ६२ हजार नौसय ९३ रुपैयाँ रहेको र शेयर पूँजी एक करोड ३४ लाख ६१ हजार, निक्षेप १० करोड ४३ लाख ४९ हजार सासतय ८० र कर्जा लगानी ११ करोड ४८ लाख छ हजार नौसय ९४ रुपैयाँ रहेको जानकारी दिनुभयो ।
त्यस्तै जगेडा कोष ४७ लाख १६ हजार तीनसय ९१ रहेकोमा लाभांश १५ प्रतिशत गरिने बताउनुभयो । सो अवसरमा सहकारीका उत्कृष्ट संचालक, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ नागरिक तथा प्लस टु उत्कृष्ट छात्र छात्रालाई सम्मान गरिएको थियो । सहकारी अध्यक्ष घिमिरेले सहकारी क्षेत्र चुनौतपूर्ण अवस्थामा रहेको वेला पनि १५ प्रतिशत लाभांश दिनसक्नु सहकारीको सकारात्मक पक्ष भएको बताउनुभयो ।
साधारणसभा उद्घाटन गर्दैै पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. युवराज खतिवडाले नेपालको बिरामी अर्थतन्त्रलाई पूँजी परिचालन तथा मौद्रिक नीतिमार्फत सहज बनाउन सकिने बताउनुभएको थियो ।
सो अवसरमा संस्थाका उपाध्यक्ष रामेश्वर जंग केसी, बागमती प्रदेशका पूर्व सासंद नरोत्तम वैद्य र दोलखाका पूर्व जिल्ला विकास समितिका सभापति रुद्रबहादूर खड््का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष रवीन्द्र खड्का, नेफ्स्कुन चावहिल सेवा केन्द्रकी प्रमुख राधा पोखरेल, डा।गणेश गुरुङलगायतको उपस्थिति रहेको संस्थाका व्यवस्थापक उप्रेतीले जानकारी दिनुभएको छ ।






