-सुदर्शन अधिकारी
प्रहरी आमनागरिकको जीउधनको सुरक्षार्थ हरपल खट्ने महत्वपूर्ण संस्था हो । नागरिक विनाबर्दीका प्रहरी हुन् भने प्रहरी बर्दीका हुन् । हरेक वर्ष असोज ३० गते नेपाल प्रहरीले भव्यताका साथ स्थापना दिवस मनाउने गरेको छ । यसै सन्दर्भमा प्रहरीको योगदानको चर्चा गर्दै यो लेख तयार गरिएको छ । नेपाल प्रहरीको स्थापना कालदेखि नै राष्ट्र र जनताका लागि हरपल खट्दै आएको गौरवमय इतिहास रहेको छ । मूलतः देशमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने काम भए पनि त्यसबाहेक देशको सीमा सुरक्षा चेलिबेटी बेचबिखन रोकथाम, लागूपदार्थको कारोबारको रोकथामलगायत कार्यहरू गर्ने दायित्व रहेको छ ।
देशमा प्राकृतिक विपत्ति जस्तै बाढी, पहिरो, भूकम्प, आगलागीलगायतका समयमा अहोरात्र खट्ने गरेका छन् । हरेक गाउँगाउँमा आमनागरिकका साथमा रहेर उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउँदै राष्ट्रको विकासमा हरपल तल्लीन रहेर कार्य सम्पादन गर्दै आएको छ । आफ्नो घरपरिवार सबै छाडेर देशर जनताको सेवामा खटिने प्रहरी वास्तविक रूपमा देशको सच्चा पहरेदार हुन् ।
प्रहरीको मूलकार्य शान्ति सुरक्षाका लागि कार्य गर्ने हो त्यसबाहेक विविध समस्याका बारेमा जनहितका पक्षमा लाग्ने हो । नागरिकका लागि सर्वत्र हामी सुरक्षित छौं भन्ने वातावरणको सिर्जना गर्नुपर्छ । देशभरका टोल टोलमा नागरिकका लागि सुरक्षार्थ गस्ति गरी हामी सुरक्षित छौं, कुनै चिन्ता छैन भन्ने प्रत्याभूति आमनागरिकमा गराउने कार्य प्रहरीबाट भएको छ । टोलहरूमा होहल्ला गर्ने, चोरी लुटपाटका घटना हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार पनि हो । हरेक विकासका लागि पहिलो शर्त भनेकै शान्ति सुरक्षा हुन आउँछ । आर्थिक शैक्षिक, सामाजिक, सांस्कृतिक विकासमा पहिलो शर्त शान्ति सुरक्षा नै हो ।
देशमा प्राकृतिक विपत्ति, दैवीप्रकोप जस्ता जटिल अवस्थामा प्रहरीहरूको सहयोग, उद्दार, प्राथमिक उपचार लगायतका कार्यहरूले आमनागरिकले ठूलो राहतको अनुभूति गराउन सफल देखिएकोले प्रहरीको मानवता प्रदर्शन गरी अहोरात्र खटिने कार्यले सबै नागरिक प्रशन्न भएका हुन्छन् ।
देशमा प्राकृतिक विपत्ति, दैवीप्रकोप जस्ता जटिल अवस्थामा प्रहरीहरूको सहयोग, उद्दार, प्राथमिक उपचारलगायत कार्यहरूले आमनागरिकले ठूलो राहतको अनुभूति गराउन सफल देखिएकोले प्रहरीको मानवता प्रदर्शन गरी अहोरात्र खटिने कार्यले सबै नागरिक प्रशन्न भएका हुन्छन् । जुनसुकै विपतको समयमा नागरिकका सामु पहिले पुगेर निस्वार्थ सेवाले मन जितेको अवस्था रहेको छ । भूकम्प, बाढीपहिरो, आगलागि, रोगको संक्रमणको समयमा हरतरहले नागरिकको सेवामा दिएको योगदान प्रशंसनीय रहेको छ । त्यसैगरी नागरिकको स्वास्थ्य सेवामा उत्तिकै सेवा गरेको देखिन्छ । प्रहरी अस्पतालमार्फत प्रहरीलगायत आमनागरिकको स्वास्थ्य सेवामा जुट्ने गरेका छन् । विभिन्न अवसर पारेर स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेको हुनाले प्रहरीको जनसेवाको कार्य अब्बल रहेको छ ।
देशभित्र मात्र नभएर आन्तरिक वा बाहृयकलह भएका देशहरूमा आफ्नो क्षमता प्रदर्शन गरेर शान्ति स्थापना गराई नेपाल प्रहरीको शिर उच्च बनाएको छ । जुन देशमा हिंसाग्रस्त अवस्था रहेको छ त्यस स्थानमा आफ्नो कौशल प्रदर्शन गरी शान्ति स्थापना गरेर नेपाल प्रहरीको नाम स्वर्ण अक्षरले लेखाउन सफल भएका छन् । हरेक कलहले युक्त देशमा सफलतापूर्वक शान्ति स्थापना गरी विश्वमा नै अब्बल सावित गराउन सफल रहेको गौरवमय इतिहास निर्माण भएको छ । त्यतिमात्र नभएर प्रहरीले साहित्यको सेवासमेत गरिरहेको छ । विसं २०१६ सालदेखि निरन्तर प्रहरी द्वैमासिक पत्रिका प्रकाशन गरी साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिइरहेको छ । वर्षभरि प्रकाशित रचनाहरूमध्ये उत्कृष्टलाई प्रहरी दिवसको उपलक्ष्यमा पुरस्कृत गर्ने गरेको छ जसले साहित्यको विकासमा टेवा दिएको छ ।
नेपाल प्रहरीले देशको नागरिकको सुरक्षा, सीमा सुरक्षा, धनजनको सुरक्षा, लागू पदार्थको ओसारपसार नियन्त्रण, चेलिबेटी बेचबिखन नियन्त्रण, दुव्यसनलाई नियन्त्रणजस्ता कार्यहरूमा नेपाल प्रहरीको योगदान विशेष र महत्वपूर्ण रहेको छ । पछिल्लो समय ज्यादै नै चर्चित बनेको सामाजिक सञ्जालले मनोरञ्जनका साथै अनेकौं समस्या पनि आएका छन् जसलाई साइबर अपराध भनिन्छ । सामाजिक सञ्जालबाट आपराधिक कार्य हुने गरेका छन् । अपहरण गरी रकमको माग गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने, गाली बेइज्जती गरी अनेकौं गैरकानुनी कार्यसमेत हुने गरेका छन् ।
प्रहरीलाई हरतरहले नागरिकले सहयोग गर्नुपर्छ । हरेक नागरिकले आआफ्नो क्षेत्रबाट जिम्मेवार भएर सहयोग गर्नुपर्छ । प्रहरीको एक्लो प्रयासले मात्र समाजमा शान्ति र अमनचयन कायम गर्न सकिँदैन । समाजका हरेक सामाजिक समस्या हटाउनका लागि प्रहरी सक्रिय रूपमा रहेको हुन्छ ।
यस्ता सबै कार्यको नियन्त्रण गरी समाजमा अमनचयन कायम राख्ने काम पनि प्रहरीले गर्दै आएको छ । यसअन्तर्गत कम्प्युटर स्रोतको चोरी, नष्ट वा परिमार्जन गर्ने, कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच प्राप्त गर्ने, कम्प्युटर र सूचना प्रणालीमा क्षति पु¥याउने, गोपनीयता भंग गर्ने, झुटो व्यहोराको सूचना दिने, कम्प्युटर जालसाजी गर्ने जस्ता अनेकौं आपराधिक कार्यको नियन्त्रण गर्ने काम गरी समाजलाई शान्तिमय बनाउन हरपल सक्रिय रहँदै आएका छन् ।
यसैगरी समाजको कलंकको रूपमा रहेको लागू पदार्थको प्रयोगले हुने अनेकौं समस्या समाधानमा सहयोग गर्दै आएको छ । यसको प्रयोगले व्यक्तिगत जीवन, पारिवारिक जीवन, सामाजिक जीवन, आर्थिक जीवन, सामाजिक प्रतिष्ठा र मानमर्यादा समेत हट्छ । यस्तो असरकारी समस्यालाई नेपाल प्रहरीले हरतरहले समाधान गर्दै आएको छ । त्यसैगरी यौनजन्य र अभद्र व्यवहारविरुद्ध पनि प्रहरीले प्रभावकारी कदम चाल्दै आएको अवस्था छ । बुलिङ गर्ने, हातपात र बेइजत गर्ने, मानसिक यातना दिने, धम्क्याउने, लिंगको आधारमा भेदभाव गर्ने, मजाकको पात्र बनाउने जस्ता कार्यको विरुद्ध सदा नेपाल प्रहरी एकचित्त्त भएर काम गरिरहेको छ । बलात्कार तथा यौनजन्य कार्य हुन नदिन पनि प्रहरीले अनेकौं कार्यहरू सम्पादन गर्दै आइरहेको छ । बाल यौनदुराचारका विरुद्ध पनि प्रभावकारी कदम चाल्दै आएको छ ।
प्रहरीलाई हरतरहले नागरिकले सहयोग गर्नुपर्छ । हरेक नागरिकले आआफ्नो क्षेत्रबाट जिम्मेवार भएर सहयोग गर्नुपर्छ । प्रहरीको एक्लो प्रयासले मात्र समाजमा शान्ति र अमनचयन कायम गर्न सकिँदैन । समाजका हरेक सामाजिक समस्या हटाउनका लागि प्रहरी सक्रिय रूपमा रहेको हुन्छ । चोरी, लुटपाट, हत्या, हिंसा, जुवातास, मादक पदार्थ सेवनजस्ता सबै समस्या निराकरणका लागि प्रहरी खट्ने गर्छ । बालबालिकालाई अश्लील पत्रपत्रिका, तस्वीर, चलचित्रमा प्रयोग गर्र्नु वा त्यस्ता कुराहरू देखाउनु वा सिकाउनु तथा यौन आनन्दका लागि गुप्तांगमा छुनु, घर्षण गर्नु वा चुम्बन गर्नुजस्ता कार्य पर्छन् । समाजमा रहेका अनेकौं समस्याको बारेमा जनचेतना वृद्धि गरी नागरिकलाई सचेत बनाउने कार्यमा पनि त्यत्तिकै सक्रिय रहने नेपालप्रहरीको योगदान अतुलनीय छ । नेपाल प्रहरीको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्न चाहन्छु ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts