भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका वडा नम्वर ७ का पूर्व वडाध्यक्ष डिल्लीराम अधिकारीको स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
पूर्व वडाअध्यक्ष तथा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट अरुण गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहनुभएका अधिकारीले पहिलो पटक गायककारुपमा डेब्यु गर्नु भएको हो । “आफनो सानै उमेरदेखि गायनमा रुची भएकाले यस पटक गीतमार्फत गायन क्षेत्रमा प्रवेश गरेका छु ।” अधिकारीले भन्नुभयो ।
समसामयिक सामाजिक विषयवस्तुमा आधारित उक्त गीतमा देशनरेश अधिकारीको शब्द, रचना र संगीत रहेको गीतमा योगेश काजीको संगीत संयोजन रहेको छ ।
भिडिओमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीको अभिनय रहेको छ । भिडिओको निर्देशन मौसम हिमालीले गर्नु भएको छ भने छायांकन बुद्ध थापाको रहेको छ ।
भिडियोमा हेर्नुहोस्







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts