
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
कोशी प्रदेशमा आफ्नै उम्मेदवार इन्द्र आङ्बोविरुद्ध उम्मेदवारी दिएर मुख्यमन्त्री बन्नुभएको कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेको हाे ।
आउँदो बुधबार प्रदेश सभामा उहाँले राख्ने विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ । यता आफ्नै दल नेपाली कांग्रेसले भने कार्कीको विश्वासको मतका विषयमा कुनै आधिकारिक निर्णय भने गरेको छैन । उहाँलाई एमालेसहित कांग्रेस शेखर समूहका ८ प्रदेश सभा सदस्यको भने समर्थन छ ।
सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, यसअघि पार्टी केन्द्रीय कमिटीको सहमति लिने निर्णय गरेको छ ।
गत शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
कोशीमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति विपरित नेता शेखर समूहबाट केदार कार्की मुख्यमन्त्री बन्नु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच