प्यूठान । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्यूठान पुग्नुभएको छ।
उहाँ स्वर्गद्वारी आश्रम मन्दिर पुगेर दर्शन साथै र पूजाआजामा सरिक हुनुभएको छ ।
यसअघि ओली २०५२ सालमा एमालेको जिल्ला अधिवेशनका लागि प्यूठान आउनु भएको थियो । त्यसबेला उहाँ पार्टीको स्थायी कमिटी सदस्यको भूमिकामा हुनुहुन्थ्याे।

यसअघि १६ असोजमा अध्यक्ष ओली प्यूठान आउने तय भएको थियो तर, खराब मौसमका कारण उहाँ आउने कार्यक्रम नै स्थगित गरिएको थियो ।
अध्यक्ष ओली नौवहिनी गाउँपालिकाले निर्माण गरेको नवनिर्मित प्रशासकीय भवनको उद्घाटनका लागि प्यूठान आउनु भएको हो ।
लामो समयपछि पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षको जिल्ला आवागमनले सवैमा उत्साह थपेको प्यूठानका प्रतिनिधीसभा सदस्य एवं एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले बताउनु भएको छ।
ओलीको प्यूठान आउने कार्यक्रमले समग्र जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भूमिका र चासो हुने थापाको विश्वास छ । साथै नयाँबजार विजुवार जुम्रिमा समेत प्यूठानीहरुसँग अध्यक्ष ओलीले साक्षात्कार गर्ने थापाले जानकारी दिनुभयाे ।












देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता