काठमाडौं । लक्ष्मी सनराइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरिका विभिन्न संस्थासँग सहकार्य गरी चार सयभन्दा बढी बालबालिका लाभान्वित हुने गरी विविध सामग्री तथा खाद्यान्न सहयोग गरेको छ ।
सोही क्रममा बैंकले नेपाल बाल संघठनअन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्सालस्थित बालमन्दिरलाई पनि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
त्यसैगरी बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बालगृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा बन्सीलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौँडामा मामाघर नेपाल, गण्डकीकोे पोखरामा रहेको रेन्वो चिल्ड्रेन होम नेपाल, लुम्बिनी कोरीहवाको अविनास आश्रम, कर्णाली वीरेन्द्रनगरको न्यु लाइफ चिल्डे«न्स हेभेनलगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रावासका लागि विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।






