काठमाडौं । कमर्सियल गाडीको नेपालस्थित डिलर शशिला मोटर्स प्रालिले विश्वप्रसिद्ध हाइगर ब्राण्डका कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि कम्पनीले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनीसँग सम्झौता गरेको छ । हाइगर बस कम्पनीले विश्वका एक सय ३० भन्दा धेरै देशमा उपस्थिति जनाइसकेको छ ।
हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित ब्राण्ड हो । उक्त सम्झौतासँगै शशिला मोटर्स प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ । सुरुमा कम्पनीले १६ सिटका इभी मिनी भ्यान र मिनिबस नेपाली बजारमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिनुभएको छ ।
कम्पनीका अनुसार हाइगर इभी भ्यानका प्रमुख विशेषतामा नेपालकै पहिलो १६ सिट क्षमता, सिंगल चार्जमा २५० किलोमिटर रेञ्ज, ७० किलोवाट आवर ब्याट्री, कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक, कोलिजन अभोइडेन्स सिस्टम, लेन डिपार्चर वार्निङ तथा एअर ब्याग सिस्टमसहितको सुरक्षा विशेषतायुक्त, नेपालको सडक सुहाउँदो दुई सय एमएम उचाइ ग्राउण्ड क्लियरेन्स, ९० किलोवाट पावर र तीन सय ५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता रहेको कम्पनीको दाबी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता