
काठमाडौं । सिद्धार्थ बैंक सञ्चालक समितिको ४१८औँ बैठकले आर्थिक वर्ष २०७९/०८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार एक सय ९० रुपैयाँमा ४.२१५ बराबरको ५९ करोड ३१ लाख ८८ हजार एक सय ६६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७९/०८० मा तीन अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ । मुनाफा अघिल्लो वर्षको तुलनामा २६ करोड अर्थात् ९.११५ ले बढी हो । त्यसैगरी बैंकको वितरणयोग्य मुनाफा ६६ करोड कायम रहन आएको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचनका कारण बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट एक अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन रहेको बैंकले जनाएको छ । जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भएपछि सेयरधनीलाई नै वितरण गरिनेछ । उक्त विनियोजित रकम एक अर्ब ४६ करोडसमेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा दुई अर्ब १२ करोड कायम हुन आउँछ, जुन प्रतिशतको हिसाबमा हेर्दा १५.०७ ५ को प्रतिफल हो ।
त्यसैगरी प्रतिकूल बजार अवस्थाका बाबजुद बैंक निस्क्रिय कर्जाको अनुपात २.०१५ मा सीमित गर्न सफल भएको छ, जुन अघिल्लो त्रैमासको निस्क्रिय कर्जाको अनुपात ३.९५५ को तुलनामा ४९.११५ को सुधार हो । गत असारसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड र जगेडा कोष ११ अर्ब २२ करोड रहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच