
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले काँग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक उपलब्धि धेरै भइसकेको बताउनु भयो । उहाँले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताउनु भयो । उहाँले देशको अर्थनीति डामाडोल रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक उपलब्धि त धेरै भइसक्यो, ७० वर्षपछि संविधान पायौँ, यो सबैभन्दा ठूलो उपलब्धि हो । चुनौति त धेरै छन् । हामी एकजुट भयौँ भने जतिसुकै अरु दल मिलुन्, हामीलाई परास्त गर्न सक्दैनन् । मलाई न भाषण गर्न आउँछ न केही, तर मैले जनताको मन छोएको छु । हाम्रो अर्थनीति डामाडोल छ । तर हाम्रो दृष्टि प्रष्ट हुनुपर्छ । नेपाली काँग्रेसलाई एकजुट पारौँ । एकजुट भए योजना आयोगको तर्जुमा गर्दा दीर्घकालीन योजना कुन कस्तो बनाउने ? जनतालाई छुनेगरी बनाउने हो की होइन ।’
नेता कोईरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच