काठमाडौं । सिजी मोटर्सले पुराना गाडीसँग एक्सचेन्ज गरी नेटा भी लिन चाहने ग्राहकका लागि असोज २८ गतेसम्म काठमाडौंको विशालनगरस्थित शोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । नेटा भीको अपत्यारिलो तीन सय ८० किलोमिटर रेन्ज तथा प्रिमियम इन्टिरियरका कारण इभीप्रेमीहरूको पहिलो रोजाइमा परिरहेकाले दशैँलाई लक्षित गरी एक्सचेन्ज क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज क्याम्पमा आकर्षक बोनससहित पुरानो गाडीको राम्रो भ्यालुयसन, एक वर्षको बिमा, सडक दस्तुर तथा डिक्की फुल अफरका साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार, सेग्मेन्टमा सबैभन्दा ठूलो तीन सय ३५ लिटरको डिक्की भएको नेटा भीले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४ सय वाटको प्रेसर वासर, भ्याकुम कप, ६.६ किलोवाटको चार्जर तथा टायर सेटलगायत सित्तैमा दिने कम्पनीले जनाएको छ । तीन सय ८० किलोमिटर रेन्ज, ०.५ रुपैयाँ प्रतिकिलोमिटर खर्च, १० वर्ष अथवा दुई लाख किलोमिटर ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएका कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts