काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा विराटनगर-१२, मोरङ निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गर्नुका साथै सेयर निष्कासन, कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । फेडेरल आइएसओ ९००१ः२०१५ गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बिमा दलाल कम्पनी हो ।
फेडेरलको दोस्रो वार्षिक साधारणसभा
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता