काठमाडौं । नेपाल टेलिकमले अटम अफर ल्याएको छ । अफरअन्तर्गत विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको छ । अनलिमिटेड अन-नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकेज उपलब्ध हुनेछ । सोही अनलिमिटेड अन-नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रुपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनेछ । अलनेट भ्वाइस प्याकअन्तर्गत १८ रुपैयाँमा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
त्यस्तै, अल टाइम डाटा प्याकअन्तर्गत ९५ रुपैयाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डाटा उपलब्ध हुनेछ । आकर्षक सुविधासहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफरसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी छ सय ३६ प्याकेज पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड छ सय ३६ रुपैयाँको प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध हुनेछ । जसअन्तर्गत छ सय ३६ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, एक सय ५० मिनेट अन्य नेटवर्कमा भ्वाइस, दुई सयवटा सबै नेटवर्कमा एसएमएस र नौ जिबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । उक्त प्याकेज २८ दिनसम्म चलाउन सकिनेछ । नेपाल टेलिकम एप डाउनलोड गर्दा एक जिबी बोनस डाटा उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts