काठमाडौं । महान् चाड दशैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । कात्तिक ३० गतेसम्म लागू हुने यस योजनाअन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ । परम्परागतरूपमा दशैँमा गरिने गतिविधिमा थप उत्साह प्रदान गर्न, जस्तै मिठो खान-पिन, भ्रमण, सपिङ तथा रमाइलोलाई ध्यानमा राखी यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।
पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः दुई सय ५० र पाँच सय रुपैयाँको क्यासब्याक पाउन सकिनेछ । जुन अफर कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्न मोबाइल मनिमार्फत् टिकट खरिदका साथै सोही अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नुपर्नेछ ।
अर्को अफर ‘सपिङ गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ भने यो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ । ‘खाउँला पिउँला’ योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमाण्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल मनिबाट अनलाइन भुक्तानीमा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । साथै केएफसीको पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।
‘रमाइलो गरौँला’अन्तर्गत क्युएफएक्स सिनेमा हलमा टिकट खरिदमा २५ प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म एकपटक क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts