
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताउनुभएको छ । विचौलियाहरूको पछिल्लो समय चिनीलगायतका खाद्य पदार्थमा अस्वाभाविक मूल्यवृद्धि भएकोप्रति इंगित गर्दै उहाँले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न निर्देशन दिनुभएको छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले नेपालीहरूको महान् चाड बडादशैँ, शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाले चामल, तेल, चिनीलगायतमा अस्वाभाविक मूल्यवृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भइरहेको अवस्थालाई मध्यनजर अनुगमन तीव्र पारिएको बताउनु भएको छ ।
बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ बिक्रीवितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढंगले अनुगमन गर्दै बजारमा मूल्यवृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामग्रीको बिगबिगी रहेको भन्दै मुख्यसचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायले नियमित बजार अनुगमनमा ध्यान दिन निर्देशन दिनुभएको छ ।
उनले भन्नुभयो, ‘साल्ट टेडिङ कर्पोरेशन र खाद्य व्यवस्था कम्पनी लिमिटेडले बजारमा उपभोग्य सामान बिक्रीवितरण गरेको छ । हाल बजारमा १५० रुपैयाँ पर्ने चिनीलाई सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा ९७ रुपैयाँमा उपलब्ध गराएका छौं ।’ उपभोक्ता स्वयं सचेत बनेमा उपभोक्ता हित संरक्षणविपरीतका गतिविधिमा कमी आउनेमा विश्वस्त हुँदै आफू बजारमा नठगिनका लागि सबै उपभोक्तालाई उपभोग्य बस्तुको मूल्य र समाप्त मितिका विषयमा सचेत रहन सुझाब दिनु भयो ।
कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बजार अनुगमन प्रभावकारी बन्नका लागि उपभोक्ता सचेतना जरुरी रहेको बताउनुभयो । चाडपर्वको बेला उपभोक्ता हितविपरीतका कार्य बढ्ने हुँदा वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागले दिएको अधिकारलाई प्रयोग गर्दै अनुगमनका कार्यलाई तीव्रता दिएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बजेट र स्रोतसाधनको अभावका बाबजुद पनि ललितपुरमा बजार अनुगमनको कार्य प्रभावकारी बनाउन लागि परेको बताउनुभयो । वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागसँगको सहकार्यमा यस आर्थिक वर्षमा ३३ फर्ममा अनुगमन गरेको जानकारी गराउँदै प्रजिअ पण्डितले उपभोक्ता हितविपरीतका गतिविधि भएमा आफूँहरूलाई सूचना दिन अपिल गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख रोशनीकुमारी श्रेष्ठले बजार अनुगमनमा नागरिकको दायित्व महŒवपूर्ण हुने बताउँदै उहाँले भन्नुभयो, ‘हामी एक बस्तुको उत्पादक तथा बिक्रेता भए पनि हामी सबै बस्तुको उपभोक्ता हौं । त्यसैले हामी सबै व्यवसायी तथा व्यापारीहरूले आफ्नो धर्म र मूल्य मान्यतालाई अंगाल्नुपर्दछ । सबै नागरिकहरू जिम्मेवार र जवाफदेही हुन सकेमा अटोमेटिक नियमित बजार अनुगमन हुन्छ, यसैमा कसैको मुख ताक्नु पर्दैन ।’
वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमा निर्माणमा सक्रिय भएर लागि परेको बताउनुभयो । अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अधिकार प्रत्यायोजन गरिएको र अनुगमन कार्य गर्न कुनै कानुनी उल्झन नरहेको बताउनुभयो ।
सोही कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न सिंगो प्रहरी संगठन सम्वेदनशील रहेको बताउनुभएको छ । चाडपर्वको समयमा सुरक्षा सम्वेदनशीलतामा चुनौती रहने भन्दै थापाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा आयोजना भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच